Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जाडो छल्न तापेको आगो शरीरमा सल्किदा ७५ बर्षिया वृद्धाको मृत्यु

    जाडो छल्न तापेको आगो शरीरमा सल्किदा ७५ बर्षिया वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

    गोडैता नगरपालिका वडा नम्वर ११ निवासी ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।



    बुधबार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो ।



    आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल मलगंवामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवंम् प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार