Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जाडो छल्न तापेको आगो शरीरमा सल्किदा ७५ बर्षिया वृद्धाको मृत्यु

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका वडा नम्वर ११ निवासी ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

बुधबार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो ।

आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल मलगंवामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवंम् प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077