Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बारको धर्ना स्थगित, अब भर्चुअल रूपमा आन्दोलन गर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले धर्ना कार्यक्रमलाई स्थगित गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि सोही अवस्थालाई ध्यानमा राख्दै धर्ना कार्यक्रम रोकेको बारले बुधबार विज्ञप्ति जारी गरी जनाएको छ ।

बारका महासचिव लिलामणि पौडेलद्वारा हस्ताक्षतिर विज्ञप्तिमा स्वरूप परिवर्तन गरेर आन्दोलन भने जारी राख्ने जनाइएको छ ।

अब बारको आन्दोलन भर्चुअल र कार्यक्रम अन्तर्क्रियात्मक हुने बारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077