Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजारमा कडाइ गर्दै काठमाडौँ प्रशासन, मास्क नलगाउनेसँग उठाउन थाल्यो १०० रुपैयाँ

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले बजार क्षेत्रमा कडाइ गर्न थालेको छ।

काठमाडौँ प्रशासनले मंगलबार मात्रै २७ बुँदे कोरोना रोकथाम नियन्त्रण सम्बन्धी मापदण्ड जारी गर्दै सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी जमघट नहुन आग्रह समेत गरेको थियो । तर, आफ्नो आदेश छिनभरमै उलंघन भएको थाहा पाएपछि प्रशासनले बुधबार बजार क्षेत्रको निरीक्षण तथा अनुगमन गर्दै कडाइ गरेको हो।

बुधबार दिउँसो अनुगमनमा निस्केको जिल्ला प्रशासन कार्यालय, काठमाडौंको बजार क्षेत्रमा कडाइ गर्दै टोलीले मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ समेत जरिवाना गराएको छ।

यसअघि भएको लकडाउनको समयमा पनि मास्क नलगाउनेसँग सडकमा प्रहरीले १०० रुपैयाँ जरिवाना स्वरुप उठाउने गरेका थिए । तर, त्यसको चर्को बिरोध भएपछि उक्त प्रकिया रोकिएको थियो भने यसपालि प्रशासन आफैँले १०० रुपैयाँ जरिवाना तिराएको हो।

प्रशासन स्रोतका अनुसार आज दिउँसो  सुन्धारा र कलंकी क्षेत्र वरपर सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराइएको हो।

टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको समेत अनुगमन गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077