Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्री खान र रुसी राष्ट्रपति पुटिनबीच फोनवार्ता

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता गरेका छन् । सो अवसरमा उनीहरूबीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपति पुटिनसँग भर्खरै कुरा भयो । 'उहाँ (पुटिन) पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउँनुहुन्छ।' दुई नेताबीच दुई देशबीचको व्यापार र सहकार्यका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ । खानले भने, 'हामीले हाम्रा दुई देशबीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा अगाडि बढ्ने तरिकाहरूबारे पनि छलफल गर्‍यौं र हामीले एकअर्कालाई आफ्ना देशमा भ्रमणको निम्तो पनि आदानप्रदान गर्यौँ।' सोमबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री खान र राष्ट्रपति पुटिनले गत वर्षको आफ्नो वार्तालापको स्मरण गर्दै द्विपक्षीय सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा पनि विचार आदानप्रदान गर्नुभएको पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077