Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन : मतपत्र छाप्ने काम सकियो, छापियो दुई रङका मतपत्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र निर्वाचन आयोगले छपाइ गरेको छ। यही माघ १२ गते रिक्त १९ पदका लागि राष्ट्रिय सभा निर्वाचन हुन गइरहेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब दुई हजार पाँच सय थान मतपत्र छापिएको जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा कूल २०२५ मतदाता छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरू राष्ट्रिय सभा निर्वाचनका मतदाता हुन्।

आयोगका अनुसार छापिएका मतपत्र माघ ४ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम सुरु हुने छ । माघ ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।

प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन गरी १९ रिक्त सदस्य पदका लागि माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077