Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • काबुल पुगेर नेपालले अफगानिस्तानलाई दियो १४ टन मानवीय सहायता सामग्री

    काबुल पुगेर नेपालले अफगानिस्तानलाई दियो १४ टन मानवीय सहायता सामग्री

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ ।

    परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको नेतृत्वमा पुगेको नेपाली टोलीले काबुल विमानस्थालमा सहायता हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार १० टन मानवीय सहायता सहसचिव लम्साले संयुक्त राष्ट्रसंघ महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई हस्तान्तरण गरेकी हुन्।



    यसअघि आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताएका थिए।

    सहायता सामग्री संयुक्त राष्ट्रसङ्घ, यहाँस्थित महावाणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो । सहसचिव लम्साल नेतृत्वको टोलीले आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    गत अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि लाखौं अफगानले दुई छाक खान र एकसरो लाउन पाएका छैनन् । निकै कठिन जीवन बिताइरहेका तिनै अफगान जनतालाई थोरै भए पनि राहत दिन आइतबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्साल नेतृत्वको टोली काबुल गएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार