Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा विदेशबाट आउने सबैलाई एक साता होम क्वारेन्टिन अनिवार्य

एजेन्सी । भारतमा विदेशबाट आएका सबैलाई सातदिने होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ।

अहिले ल्याइएको नयाँ नियम जनवरी ११ देखि कार्यान्वयनमा आउनेछ। कोरोना भाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक साता होम क्वारेन्टिन अनिवार्य गर्ने व्यवस्था लागू गरेको हो।

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको र तीव्र रूपमा फैलिन सक्ने ओमिक्रोन भाइरसको सङ्क्रमण अत्यधिक बढेको छ।

“विदेशबाट आएका कूल यात्रुहरूको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित पाइएको छ, त्यसैले उनीहरू सबैलाई कम्तीमा एक हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गर्नुपरेको हो,” विज्ञप्तिमा लेखिएको छ।

भारतमा अहिले तीन हजार सात जना ओमिक्रोनका सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ। ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार १९९ जना भने कोरोना मुक्त भएका छन्। भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३ लाख ७१ हजार ३६३ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077