Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको नयाँ दिल्लीमा कोरोना तिव्र गति फैलिँदै, ६ दिनमा आठ गुणा बढ्यो

एजेन्सी । भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढेको छ ।

नयाँ दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिनका अनुसार कोरोनाका १५ हजार ९७ संक्रमित पुष्टि भएका हुन् । प्रदेशमा अब संक्रमणदर १५.३४ पुगेको छ ।

सोही अवधिमा ६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या पनि बढेर ३१ हजार ४९८ पुगेको छ ।

१ जवरीमा दिल्लीमा २ हजार ७९६ जनामा संक्रमण देखिएको थियो भने आज ६ जनवरीमा १५ हजार बढीमा संक्रमण पुष्टि भएको हो । ६ दिनको बीचमा ८ गुणा बढी संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077