Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि सरकारद्धारा साढे ५८ लाख निकासा

काठमाडौं । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले ५८ लाख ५३ हजार रुपैयाँ निकासा गरेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको उपचारका लागि सरकारले दुई पटक गरेर कानुन विपरीत साढे ५८ लाख रुपैयाँ निकासा गरेको हो ।

खनालले दुवै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचार गराएका थिए । सरकारले परराष्ट्र मन्त्रालयलाई भैइपरी आउने– साधारण प्रशासन खर्च शीर्षकबाट रकमान्तर गरेर उपचार खर्च बेहोरेको हो ।

साउन महिनामा ४८ लाख ५० हजार रुपैयाँ निकास भएको थियो भने असोज महिनामा १० लाख ३ हजार रुपैयाँ प्राप्त भएको अर्थमन्त्रालयले रकमान्तरबारे सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077