Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने शिक्षामन्त्री पौडेलको चेतावनी

काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगबाट तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ ।

पछिलो समय विद्यार्थीहरुबाट तोकिएकोभन्दा बढी शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले बुधबार एक बिज्ञप्ति जारि गर्दै  यस्तो चेतावनी दिएको हो ।

'दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,' मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस बिषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानूनबमोजिम कारबाही गर्ने निर्देशन समेत दिएको मन्त्रालय स्रोतको भनाइ छ।

चिकित्सा शिक्षाको एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ ।

हेर्नुहोस् बिज्ञप्ति:

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077