Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिमबाट ६ जनाको उम्मेदवारी दर्ता

कैलाली । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा गठबन्धन दल र नेकपा एमालेले मनोनयन दर्ता गराएका छन् । मंगलबार धनगढीस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर ६ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

गठवन्धनबाट महिलातर्फ नेकपा (एकीकृत समाजवादी) बाट सो पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज मदनकुमारी शाह (गरिमा), खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ नेकपा (माओवादी केन्द्र) का जगत पार्कीले उम्मेदवारी दर्ता गरेका हुन ।

सुदूरपश्चिममा रिक्त तीन राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीवीच गठवन्धन भएको छ । गठवन्धनका उम्मेदवारहरु जलुस सहित उम्मेदवारी दर्ता गर्न गएका थिए ।

यस्तै नेकपा (एमाले) खुलाबाट पुराना वामपन्थी उम्मेदवार डोटीका डिल्लीराज भट्ट, महिलाबाट कैलालीका सन्तोषकुमारी शर्मा र दलितबाट बैतडीका नरेश विकले उम्मेदवारी दर्ता गराएका छन् । सातवटै प्रदेशमा पुस २० गते मनोनयन र माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077