Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रियसभा निर्वाचन: प्रदेश २ मा गठबन्धन र लोसपाको मनोनयन दर्ता

    राष्ट्रियसभा निर्वाचन: प्रदेश २ मा गठबन्धन र लोसपाको मनोनयन दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.2K
    SHARES

    जनकपुरधाम । प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

    लोसापाबाट महोत्तरीकी रुपा यादव र सप्तरीका श्याम सुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका हुन् । सरदार प्रदेश २ दलित विकास समितिका सदस्य भएकाले उम्मेदवार बन्न नपाउने भनिएपनि उनी उम्मेदवारी दिएको बुझिएको छ ।



    यस्तै, जसपाबाट सिरहाका खालिद सिद्दिकीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुले सिद्दिकीलाई लिएर उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।



    यसिगारी, माओवादीबाट पर्साकी उर्मिला अर्याल उम्मेदवारी दर्ता गराएकी छन् । प्रदेश २ मा भने काँग्रेसले उम्मेदवारी दिएनन् । सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाबीच गठबन्धन बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार