Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: प्रदेश २ मा त्रिपक्षीय भिडन्त, कुन पार्टीबाट को-को बन्दैछन् उम्मेदवार ?

रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिने भएको छ ।

लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रदेश २ अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।

सरदार अन्य समूहबाट र यादव महिला समूहबाट उम्मेदवार बनेका हुन् । प्रदेश २ मा दुई पदका लागि हुने निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ ।

सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो ।

सत्तारुढ गठबन्धनबाट जसपाले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादीले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ ।

यस्तै, नेकपा एमालेले अन्य समूहतर्फ धनुषाका असर्फी भिनबार यादव र महिला समूहतर्फ रौतहटकी बिना साहलाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सांसद छन् । नेपाली कांग्रेसको १९ सांसद हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १६ सांसद छन्। नेकपा एकीकृत समाजवादीका १३ सांसद प्रदेश २ मा छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८÷८ जना सांसद हुँदा नेपाल संघीय समाजवादी पार्टीका १ जना सांसद रहेका छन् ।

प्रदेश २ मा अहिले सम्म कुनै पार्टीले उम्मेदवारी दर्ता गराएको छैन् । राष्ट्रिय सभा उम्मेदवारको उम्मेदवारी विहान १० बजे देखि ४ बजे सम्म समय तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077