कास्की । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।
मंगलबार पहिलो चरणमा समय मागेर उनीहरूले आगामी माघ १२ मा हुन लागिरहेको राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेले कास्कीका पुण्य पौडेल (खुला), लिला बस्नेत (महिला) र अर्जुनकुमार सुनाम (दलित)लाई टिकट दिएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । जसअनुसार उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन्।
Leave a Reply