Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: माओवादी केन्द्रले टुंग्यायो पाँच उम्मेदवारहरुको नाम [सूची]

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लागि पाँच उम्मेदवारको टुंगो लगाएको छ।

मंगलबार बिहान बसेको सचिवालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएका हुन्।

सअनुसार प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार चयन भएका छन् । यस्तै कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेशमा जगत पार्कीलाई उम्मेदवार बनाइएको हो ।

यसअघि सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा (सत्ता गठबन्धन) भएको सहमतिअनुसार माओवादीको भागमा पांच सिट परेको थियो।

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077