Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युएईको झण्डावाला कार्गो जहाज हुती विद्रोहीले लियो कब्जामा

    युएईको झण्डावाला कार्गो जहाज हुती विद्रोहीले लियो कब्जामा

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । यमनको हुती विद्रोहीले संयुक्त अरब इमिरेट्सको झण्डा भएको एक मालवाहक जहाजलाई समुद्रको तटबाट छुट्नासाथ आफ्नो कब्जामा लिएका छन्।

    हुती प्रवक्ता याहिया सारीले एक ट्वीटमा भनेका छन् जहाजमा ‘सैन्य उपकरण थियो’ र त्यो ‘बिना लाइसेन्स यमनमा प्रवेश गर्दै थियो र विरोधी कार्य गरिरहेको थियो ।’ सारीले एक प्रेस कन्फरेन्स गरेर यसबारेमा पूरा जानकारी दिने बताएको बीबीसीले उल्लेख गरेको छ ।



    हुती विद्रोहीले यमनको धेरै जसो क्षेत्रमा कब्जा जमाएका छन् र साऊदी अरबको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनको सेना यमनमा उ सँग युद्ध गरिरहेको छ ।



    यस अघि साऊदी अरब नेतृत्वको गठबन्धनले हुती विद्रोहिले यमनमा होदेदा गवर्नोरेटबाट निस्कनासाथ युएईको झण्डा भएको एक मालवाहक जहाजलाई अपहरण गरेको जनाएको थियो । यसपछि हुतीले जहाज कब्जामा लिएको जानकारी दिएको हो ।

    साऊदी प्रेस एजन्सीका अनुसार गठबन्धनका प्रवक्ता ब्रिगेडियर तुर्की अल मलिकीले उक्त मालवाहक जहाज सोकोट्रा द्वीपबाट जजान बन्दरगाहको यात्राका लागि निस्किएको र त्यसमा अस्पतालसँग सम्बन्धित उपकरणहरु थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार