Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले टुंग्यायो राष्ट्रियसभाका १९ उम्मेदवार (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले राष्ट्रियसभाका उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

सोमबार बसेको सचिवालयको बैठकले आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि १९ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।

बैठकका अनुसार प्रदेश १ बाट देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ ।

यस्तै, प्रदेश २ मा असर्फी भिनवार यादव र विना साह, बाग्मतीमा गोपाल शाक्य र निरकुमारी कुँवर, गण्डकीमा गोविन्दबहादुर नेपाली, लीला पोखरेल , पुण्यप्रसाद पौडेल उम्मेदवार बनेका छन् ।

यसैगरी, लुम्बिनीमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ता, कर्णालीमा पदमबहादुर माझी, गंगा थापा महत र चुडामणि शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट नरेश बिक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज विष्टलाई उम्मेदवार बनाइएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077