Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: नेकपा समाजवादीले टुंग्यायो पाँच उम्मेदवारहरुको नाम [सूची]

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनका लागि पाँच उम्मेदवारहरुको टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार सोमबार दिउँसो बसेको सचिवालय समितिको बैठकले पाँच उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । जसअनुसार प्रदेश १मा  जयन्ती राई, बागमतीमा गोमा तिमल्सिना, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, कर्णालीमा उदय बोहोरा र सदूरपश्चिम प्रदेशबाट मदनकुमारी (गरिमा) शाह उम्मेदवार बनेका छन् । यसअघि आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा (सत्तारुढ गठबन्धन) भएको सहमतिअनुसार नेकपा एसको भागमा पांच सिट परेको थियो ।

राष्ट्रियसभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077