एजेन्सी । भारतको मध्य प्रदेशको अलिराजपुर जिल्लामा आइतबार बिहान बस नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । साथै, उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुनेमा एक वर्षका नवजात शिशु पनि रहेका छन्।
स्थानीय एसपी मनोजकुमार सिंहका अनुसार जिल्ला सदरमुकामबाट १५ किलोमिटर टाढा चाँदपुर गाउँ नजिकै बिहान ६ बजे गुजरातबाट अलिराजपुर आउँदै गरेको बस दुर्घटना भएको हो।
बस चालकको निद्राका कारण बस माल्खोदरा खोलामा खसेको एसपी सिंहको भनाइ छ।
प्रहरीका अनुसार घाइते २८ जनामध्ये तीन जना गुजरातका रहेका छन् ।