Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलामी बोकेर रिडी जाँदै गरेको बस पाल्पामा दुर्घटना: ७ जनाको मृत्यु, ८ घाइते

बुटवल । बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाकाे रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएकाे छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका अनुसार उक्त दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

लु २ ख ७२७९ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीको भनाइ छ।

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३५ जना मलामी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077