Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रियसभा निर्वाचनमा भागबण्डाको कसरत- कुन पार्टीलाई कति सिट ?

    राष्ट्रियसभा निर्वाचनमा भागबण्डाको कसरत- कुन पार्टीलाई कति सिट ?

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सक्ता गठबन्धनमा आबद्ध दलहरुबीच सिट भागबन्डाको कसरत शुरु भएको छ । सक्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जसपाबीच निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य शुरु भएको हो ।

    २० फागुनबाट रिक्त हुने १९ सिटमा निर्वाचन गर्न निर्वाचन आयोगले तयारी गरिरहेको छ । आयोगले २० पुसमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले आयोगमा दल दर्ता गराइसकेका छन् ।



    उच्च स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले १० सिट, माओवादी केन्द्र र नोकपा एसलाई चाररचार सिट तथा जसपा भने संख्या थप हुनुपर्ने अडानमा छन् । यी दलहरुबीच राष्ट्रिय सभा निर्वाचनमा विगतदेखि नै गठबन्धन गरेर जाने सहमति छ ।



    ‘हामीबीच राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर जाने सहमति विगत देखिकै हो, कांग्रेसले १० सिट राखेर माओवादी केन्द्र र नेकपा एसलाई चाररचार तथा जसपालाई एक सिट दिनेगरी अनौपचारिक छलफल भएको हो । अन्तिम सहमति भइसकेको छैन, छिटै सहमतिमा पुग्छौ,’ सक्ता गठबन्धनमा आबद्ध एक नेताले भने । राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार