Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सेनापतिहरु नै पार्टी फुटाउन लागे, मेरो बंगाली नबाबकै ताल भयो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हालत बंगाली नवावकै जस्तो भएको गुनासो गरेका छन् ।

शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकारलाई बचाउनुपर्ने सेनापतिहरू प्रचण्ड र माधव नेपाल आफै अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी गरे ।

ओलीले भने, 'अंग्रेज सरकारले बंगाललाई नियन्त्रणमा लिँदा त्यहाँको सेनापति मिर जाफरलाई जसरी किनेर प्रयोग गरेको थियो, त्यसरी नै आफ्नो पार्टीका नेताहरूले बिके।'

बंगाल राज्य बचाउनुपर्नेमा अंग्रेज सरकारसँग नै सेनापति मिलेकाले बचाउन नसकिएको जस्तै अहिले आफ्नो हालत पनि त्यस्तै भएको ओलीको भनाइ थियो ।

आफ्नो सरकारलाई देश–विदेशी प्रतिक्रियावादी शक्तिले ढालेको ओलीले दाबी गरे । ओलीले आफ्नो सरकार हुँदा कतै जनता नमारिएको, दमन नभएको र विपक्षीमाथि केही नगरेको दाबी समेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077