Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार घण्टापछि उडान सुरु

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार घण्टापछि उडान सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ११ बजेबाट उडानहरू सुरु भएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ‘बिहान ११ बजेर २ मिनेटमा दोहाबाट आएको हिमालय एअरलाइन्सको विमान सुरुमा अवतरण गरेको छ। त्यसपछाडि विदेशबाटै आएका अरू पाँचवटा विमानहरुले क्रमश अवतरण गरेका थिए।



    बाक्लो हुस्सुका कारण शुक्रबार बिहान विदेशबाट आएका कतिपय विमानहरू काठमाडौँको आकाशमा फन्को मारेका थिए भने कतिपय विमानहरु भने भारततर्फ डाइभर्ट भएका थिए।



    यस्तै, बिहान सवा ११ बजेबाट पहाडी क्षेत्रमा पनि आन्तरिक उडानहरू पनि सुरु भएको विमानस्थलका अधिकारीहरुले बताएका छन्। ‘तराईका कतिपय ठाउँमा बाक्लो हुस्सु लागेर त्यतातिर भने अझै सुरु भइनसकेको अधिकारीहरुको भनाइ छ ।

    यसअघि बिहान साढे ६ बजे विमानस्थल खुला भएयता कुनै पनि विमान उड्न वा अवतरण गर्न सकेको थिएन । विमानस्थलका अधिकारीहरूका अनुसार विदेशबाट नेपाल आएका जजीरा एअरवेज, कतार एअरवेज, हिमालय एअरलाइन्स, फ्लाई दुबई लगायतका विमानले घण्टौँ फन्को मारेका थिए।

    अङ्ग्रेजी वर्षको पूर्वसन्ध्या परेकोले आज झन् मानिसहरूको ओहोरदोहोर बढी हुने दिन उडान धेरै हुने व्यवसायीहरूको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार