Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पराजित हुनुको कारण भाइ-बहिनी पनि हो: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरियता कायम गरेको बताएका छन् ।

सोमबार १४औं महाधिवेशनपछि पहिलो पटक गृहजिल्ला मोरङ आएका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरियता कायम गरिएको बताए ।

महाधिवेशनमा पार्टी सभापति शेरबहादुरसंग पराजित भएका कोइरालालाई कांग्रेस केन्द्रीय कमिटीको बैठकले २०औं नम्बरको वरियता कायम गरेको थियो ।

पत्रकारहरुसँगको कुराकानीमा कोइरालाले सभापतिमा पराजित हुनुमा आफ्नो पनि कमजोरी भएको बताए । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै शेखरले आफ्नै भाइ-बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको स्वीकारे।

'आफ्नै भाइ बहिनीलाई मिलाउन सकिएन,' शेखरले भने,'मतदाताले दिएको मतदानले वरियता कायम गरिएको छ, स्वीकार्नु पर्छ।'

महाधिवेशन गत हप्तामात्रै सम्पन्न भएको थियो। जसमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवा पुन दोस्रोकार्यकालका लागि सभापति चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077