Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाँच महिनामा ३ एसपीसहित ११४५ प्रहरी कारबाहीमा

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपाल प्रहरीका १ हजार १४५ जना प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार आचारणविपरीतको गतिविधिमा संलग्न प्रहरीमाथि कारबाही भएको हो । गत वर्ष यो अवधिमा ९४४ जनामाथि कारबाही भएकोमा यो वर्ष बढेको पनि प्रवक्ता कुँवरले जानकारी गराए ।

कारबाहीमा पर्नेहरुमा ३ एसपी, ४ डिएसपी, १२ इन्सपेक्टर, ४६ सई, ८६ असई, ३ ५ हवल्दार, ६७५ जवान र १४ जना कार्यालय सहयोगी छन् ।

यसैबीच, पछिल्लो पाँच महिनामा १ हजार ९८० जना प्रहरी पुरस्कृत भएका छन् । जसमा एक डिआइजी, ६ एसएसपी, २१ एसपी, ७७ डिएसपी र १६४ इन्सपेक्टरलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077