Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • त्रिविका उच्च कर्मचारी माओवादीका नेता

    त्रिविका उच्च कर्मचारी माओवादीका नेता

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 5.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ ।

    त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन् । त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य भएपछि फेसबुकमै बधाई दिइएको छ ।



    दलका कार्यकर्ता भएका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी सहितको सूचना जारी गरेपछि राजनीतिमा लागेका शिक्षक र कर्मचारीले दुईमध्ये एक क्षेत्रबाट राजीनामा दिनुपर्ने हुन्छ । महाशाखा प्रमुख तिवारीले आफूले पार्टीबाट असोज मै राजीनामा दिएको बताएका थिए ।



    तर, उनलाई मंसिरमा बधाई दिएका थिए । तिवारीले नेपाल समाचारपत्रसँग भने – ‘मैले त प्रदेश कमिटीको निर्वाचन हुनुअघि नै राजीनामा दिइसकेको छु । म त्रिविको कर्मचारी हुँ पार्टीमा आबद्ध छैन । उनले पार्टीलाई दिएको राजीनामाबारे जानकारी गराउने बताएका थिए । स्रोतका अनुसार पार्टीको जिम्मेवारीबाट उनले राजीनामा दिएका छैन । यसअघि सरस्वती बहुमसखी क्याम्पसका उपप्रध्यापक प्रमोदहरी गुरागाईंले पदबाट राजीनामा दिएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार