Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ढुक्क हुनुहोस् विनासंशोधन एमसीसी पारित हुँदैन: प्रचण्ड (भिडियो)

    ढुक्क हुनुहोस् विनासंशोधन एमसीसी पारित हुँदैन: प्रचण्ड (भिडियो)

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने बताएका छन् ।

    शनिबार काठमाडौमा आयोजित जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समितिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई समेत केन्द्रविन्दुमा राखेर मात्रै उक्त सम्झोता अघि बढ्ने बताए।



    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आवश्यक परिमार्जन र संशोधन गरेर एमसीसी अगाडि बढाउने पक्षमा रहेको बताए । विना परिमार्जन, विना संशोधनचाहिँ सम्झौता पारित नहुने प्रचण्डको भनाइ छ ।



    कार्यक्रममा अध्यक्ष प्रचण्डले अनुदानमा आएको रकम फिर्ता होस् भन्ने आफुहरुले नचाहेको पनि बताए । ‘नेपाललाई आउने भनेको पैसा जाओस् भन्ने हाम्रो चाहना होइन । नेपाललाई पूर्वाधार विकासका लागि पैसा चाहिएको छ, छलफलमै छौं।’

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार