Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी स्थायी कमिटी बैठक: अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

    माओवादी स्थायी कमिटी बैठक: अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको स्थायी कमिटीमा आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् ।

    पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार विहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनको बाचन गरेका थिए ।



    त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।



    प्रवक्ता पौडेलका अनुसार अध्यक्ष प्रचण्डको प्रतिवेदनमा सशस्त्र युद्धकालदेखि लिएको प्रचण्डपथको समीक्षा गर्ने उल्लेख गरिएको छ।

    त्यस्तै निर्वाचन र शान्तिपूर्ण रुपमा समाजवादमा पुग्ने बाटो तय गर्ने, त्यसको माध्यम भनेको कम्युनिष्ट पार्टी नै भएको र त्यसको नेतृत्व माओवादीले लिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार