Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गठबन्धनको सरकार निकम्मा हो, उसलाई विकासप्रति कुनै चासो नै छैन: ओली

पर्सा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको सरकार देशी विदेशी प्रतिक्रियावादीहरुबाट बनेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको आरोप लगाए ।

‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीले भने । त्यही कारण आफुले यो सरकार विस्थापन गर्न नयाँ जनादेशको कुरा गर्ने गरेको बताए ।

सम्बोधनको क्रममा गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिँदै ओलीले सरकारलाई विकासप्रति कुनै चासो नभएको आरोप लगाए ।

‘गठबन्धनको यो निकम्मा सरकार हो,' ओलीले भने 'यसलाई विकासप्रति कुनै चासो छैन, आयात बढेको बढ्यै छ, भ्रष्टाचार बढेको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077