Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जग नै कुच्चिनेगरी शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाही गर्न नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ ।

बिहीबार नेविसंघ आरआर इकाईले एक प्रेस विज्ञप्तिमार्फत घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको हो।

गत पुष ६ गते क्याम्पसमा आन्तरिक मूल्यांकन परीक्षा हुँदै गर्दा अनावश्यक रुपमा परीक्षा हलमा प्रवेश गरेर अनेरास्ववियुनिकट कुवेर जेठाराले परीक्षा सञ्चालन गरिरहेका शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए ।

खानेपानी जग नै कुच्चिनेगरी भएको आक्रमणमा घाइते शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लागेको थियो । दोषीलाई कारवाही गरी क्याम्पसमा पठनपाठन सूचारु गरायन र क्याम्पसमा विद्यार्थी तथा प्राध्यापकहरुको सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरिएको छ ।

यस्तो छ बिज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077