Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

‘कुख्यात अपराधी’ चार्ल्स शोभराजको कैद छुटको मुद्दा न्यायाधीश सिन्हाको बेञ्चमा

काठमाडौँ । 'कुख्यात अपराधी' चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ ।

सर्वोच्च अदालतका अनुसार बिहीबार गोलाप्रथा प्रणालीअनुसार मुद्दाको पेसी तोकिँदा शोभराजको मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको बेन्चमा परेको हो ।

शोभराजले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा पाउनुपर्ने मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा १८ असोजमा न्यायाधीश मीरा खड्काको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश समेत जारी गरेको थियो।

[insert page='60367' display='yopanipadhnuhos.php']

यसअघि गत बर्षको चैत २० गते केन्द्रीय कारागार सुन्धारामा कैद चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसबारे अनुसन्धान समेत भएको थियो।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077