Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ओलीको राजनीति जोगाउन ठूलो डिजाइन र षडयन्त्र गरियो: प्रचण्ड (भिडियोसहित)

    ओलीको राजनीति जोगाउन ठूलो डिजाइन र षडयन्त्र गरियो: प्रचण्ड (भिडियोसहित)

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 903
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन र षडयन्त्र भएको बताएका छन् ।

    सोमबार पुस ५ का सन्दर्भमा समाजवादी प्रेस संगठनको आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले निर्वाचन आयोगले संविधान र ऐनअनुसार काम गरेको भए ओलीको अवस्था नाजुक बन्ने टिप्पणी गरे।



    ‘यदि निर्वाचन आयोगले कानूनअनुसार निर्णय लिएको भए केपी ओली पार्टीविहीन, चुनावचिन्हविहीन एउटा बबुरो नेता बन्नुहुने थियो । उहाँले अर्को पार्टी दर्ता गरेर चुनाव चिन्ह पनि अर्कै बनाइसक्नुभएको थियो । एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो ।’



    प्रचण्डले ओली आज पनि प्रतिगमनकै बाटोमा रहेको बताए । माधव नेपाल गएको ठाउँमा केपी ओली नजानुलाई अलोकतान्त्रिक संस्कार भन्दै उनले आलोचना गरे ।

    प्रचण्डले भने, ‘माधवजी देखिएपछि त्यहाँ केपी ओली उपस्थित नहुने रे । कांग्रेस महाधिवेशनमा पनि आउनुहुन्न कि भनेको धन्न त्यहाँ चाहिँ आउनुभयो ।’

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार