Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस केन्द्रीय सदस्यको मतगणना: शशांकको अग्रता कायमै, कसले कति मत पाए ? [अपडेट]

    कांग्रेस केन्द्रीय सदस्यको मतगणना: शशांकको अग्रता कायमै, कसले कति मत पाए ? [अपडेट]

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार खुलातर्फको ३५ केन्द्रीय सदस्य पदमा मतगणना भइरहेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टी कार्यालय सानेपामा पहिलो १६५ मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन् । उनले ५९ मत पाएका छन् ।



    यस्तै दोस्रो स्थानमा अर्जुन नरसिंह केसीले ४८, रामशरण महत, बालकृष्ण खाँण, शंकर भण्डारी र एनपी साउदले समान ४६, रामहरि खतिवडाले ४५, रमेश लेखकले ४३, ज्ञानेन्द्रबहादुर कार्कीले ४२ र उदयशम्शेर राणाले ४१ मत पाएका छन् ।



    कांग्रेसमा खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।

    कांग्रेसको हालसम्म पदाधिकारी र मधेसीतर्फको केन्द्रीय सदस्यको मात्र नतिजा आएको छ । खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार साँझसम्म सक्ने निर्वाचन समितिको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार