Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापतिमा पराजित शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला स्वत: पार्टीको केन्द्रीय सदस्य बन्ने भएका छन्।

पार्टीको चौधौं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका कोइराला कांग्रेसको संशोधित विधानको धारा ६५को प्रावधानअन्तर्गत स्वतः केन्द्रीय सदस्य बन्ने भएका हुन्।

'पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ', विधानको धारा ६५ मा भनिएको छ।'

डा कोइराला सभापतिको प्रतिस्पर्धामा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका थिए । ५ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा (देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच) देउवा पहिलो र कोइराला दोस्रो भएका थिए ।

उनीहरुले क्रमशः २२५८, १७०२, ३७१, २५० र २२ मत पाएका थिए।

पहिलो चरणको मतदानमा कसैले पनि मतको पचास प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो ।

जसमा कोइराला देउवासंग पराजित भएका थिए । कोइरालाले १८५५ मत प्राप्त गर्दा बिजयी देउवाले २७३३ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077