Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिन र जिनपिङबीचको वार्ताले के चीन-रुस सैन्य गठबन्धन होला ? भारत र पश्चिमा देश चिन्तित

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ नेता सी जिनपिङबीच भिडियो कल भएको छ । यो वार्ता दुई देशबीचको बढ्दो सहयोगको अर्को उदाहरण हो।

भेटपछि रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले एक विज्ञप्ति जारी गर्दै रुस–चीन सम्बन्ध अप्रत्याशित रुपमा सकारात्मक भएको बताएको छ । विज्ञप्तिमा  दुबै नेताहरूले एसिया-प्रशान्तमा यथास्थिति परिवर्तन गर्ने अमेरिकी प्रयासमा चिन्ता व्यक्त गरेको भनिएको छ ।

पछिल्लो समय युक्रेनको मुद्दामा अमेरिका र पश्चिमा मुलुकले ताइवान र रुसमाथि चीनलाई घेरा हाल्दै आएका छन् । यस पृष्ठभूमिमा रुस–चीन वार्ताले निकै महत्व राखेको छ ।

वार्तापछि रुसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूले बेइजिङ शीतकालीन ओलम्पिक खेलकुदको कूटनीतिक बहिष्कारलाई गलत भन्दै आफू पनि ओलम्पिकको समयमा चीन जाने बताए ।

त्यसो त चीन र रुसले संयुक्त सैन्य अभ्यासमा भाग लिएका छन् । सबैभन्दा भर्खरको अभ्यास अक्टोबरमा दुबै देशका नौसेनाले आयोजना गरेको थियो, जसलाई संयुक्त सी-२०२१ नाम दिइएको थियो। यो यी देशहरू बीच बढ्दो राजनीतिक र सैन्य सहयोगको स्पष्ट संकेत थियो।

अहिले चीनले अमेरिकाको महाशक्तिको हैसियतलाई चुनौती दिइरहेको छ । चीनको बढ्दो आर्थिक र सैन्य शक्तिप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । के भविष्यमा अमेरिकाको वर्चस्वको सामना गर्न चीन-रुसले औपचारिक सैन्य गठबन्धन बनाउन सक्छ?

बिश्लेशकका अनुसार चीन र रुसबीच निकै घनिष्ट सैन्य सहयोग रहेको देखिन्छ। यो गठबन्धन नहुन सक्छ तर धेरै हिसाबले यो नजिक छ। रुस ताइवानमा चीनको साथमा छ र उसले एक चीन नीतिमा विश्वास गर्छ।  चीनले रुसलाई ताइवान र दक्षिण चीन सागरमा सहयोग गर्ने अपेक्षा गरेको छ र रुसले युक्रेन वा युरोपलाई रुसको स्वार्थमा चीनलाई सहयोग गरोस् भन्ने चाहन्छ ।

युक्रेन, ताइवान र साउथ चाइना सीमा रुस र चीनले अमेरिका र पश्चिमा देशसँगको मतभेदलाई गहिरो बनाए भने जे पनि हुनसक्ने देखिन्छ ।

यसबाहेक रुस र चीनबीचको सम्बन्धमा केही अन्तरविरोधहरू छन्, जसका कारण अहिले पनि सैन्य गठबन्धनको सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077