Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एयरपोर्टको सुरक्षा हेर्ने जिम्मा एसएसपी सुरेन्द्र मैनालीलाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा हेर्ने जिम्मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र मैनालीलाई दिइएको छ।

गृह मन्त्रालयका अनुसार शुक्रबारदेखि विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर प्रमुखको जिम्मेवारी एसएसपी सुरेन्द्र मैनालीलाई दिइएको हो।

एसएसपी मैनाली युनएन मिसनबाट फर्किएपछि प्रहरी प्रधान कार्यालयमै कार्यरत रहेका थिए ।

यसअघि विमानस्थलको प्रहरी प्रमुख रहेका एसएसपी राजेशनाथ बाँस्तोला भने पारिवारिक कामका लागि बिदामा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077