Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मन्त्रिपरिषद् बैठक: तीन जनाको नेपाली नागरिकता रद्द

    मन्त्रिपरिषद् बैठक: तीन जनाको नेपाली नागरिकता रद्द

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । सरकारले तीन जना नेपाली नागरिकहरुको नागरिकताको प्रमाणपत्र रद्द गरेको छ ।

    सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको हो।



    यस्तै, बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।



    बैठकले कोभिड – १९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

    त्यस्तै विनोदकुमार भट्टराईलाई नेपाल न्याय सेवा कानून समुहको राजपत्रांकित प्रथम श्रेणी र रामप्यारी सुनुवारलाई नेपाल न्याय सेवा न्याय समुहको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ति गर्ने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार