Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देउवा-प्रचण्ड भेट: सर्वदलीय बैठक बोलाउने सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

शुक्रबार विहान भएको भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको देउवाको सचिवालयले जनाएको छ।

यस्तै, वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीति संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको बुझिएको छ।

यसैगरी, भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको भनिएको कार्बाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रचण्डको ध्यानकर्षणपछि प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गर्दै यसबारे सोधखोज गरेका थिए।

[insert page='103890' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077