Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'४० प्रतिशत मतले भावविभोर भएको छु, कांग्रेस रूपान्तरणको एजेन्डामा क्रियाशील रहन्छु'

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले कांग्रेस परिवर्तनको पक्षमा उभिने मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख समेत गरेका छन्।

सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिँदै कोइरालाले देउवाको सभापतिको दोस्रो कार्यकालमा कांग्रेसको गौरव पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गरेका छन् ।

सभापतिको निर्वाचनको मतपरिणाम आएको तेस्रो दिनपछि कोइरालाले देउवालाई बधाई दिएका हुन् ।

यस्तो छ कोइरालाको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077