Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीभित्रको गुट र भागबण्डाको नाममा अँध्यारो कोठामा हुने निर्णयविरुद्ध लडेका थियौं: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको दाबी गरेका छन्।

पार्टीको १४ औँ महाधिवेशनमा सभापतिमा निर्वाचित भएका आफ्ना प्रतिद्वन्दी शेरबहादुर देउवालाई बधाई तथा शुभकामना ब्यक्त गर्दै उनको कार्यकालमा कांग्रेसको गौरव पुनर्स्थापित हुनेछ भन्ने विश्वास समेत व्यक्त गरेको बताए।

शुक्रबार एक प्रेस बक्तव्य जारी गर्दै नेता कोइरालाले पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशिल हुने प्रतिबद्दता समेत जाहेर गरेका छन्।

'मत गणना सकिएर विजय हुनुभएका साथिहरुलाई हार्दिक बधाई । आशा छ कांग्रेस परिवर्तनको पक्षमा उभिने हामी मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही हुनेछैनौँ', उनले बक्त्यबमा भनेका छन्, 'पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वभाविक रुपमा लिदै कांग्रेस रुपान्तरणको एजेन्डामा निरन्तर कृयाशिल हुनेछौँ।'

यस्तै, कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा आफू पार्टी सभापतिमा केही मतबाट पराजित भए पनि प्रतिनिधिहरु र लोकतन्त्रवादीहरुको 'मन' जित्न सफल भएको दाबी गरेका छन् ।

'पार्टी भित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौं ।' उनले भनेका छन्।

'पार्टीभित्र रुपान्तरण र परिवर्तनको यो लडाई हामीलाई सहज थिएन । बर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौं । पार्टी भित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रबृति, गलत संस्कृति र संस्कारको विरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौ पार्टी भित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णयविरुद्ध,' बक्तव्यमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077