Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रचण्डलाई ‘मामुली कर्मचारी’ को सज्ञा दिंदै ओलीले भने–प्रचण्ड–माकुने एन्ड कम्पनी विदेशी शक्तिको संवाहक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको बताएका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनियत केन्द्रीय सदस्यहरूको बुधबार शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त्यसको संवाहक भएको बताए ।

उनले भने–‘अस्थिरता मच्चाउन खोज्ने शक्ति सक्रिय रहेका छन् । नियन्त्रित अस्थिरता हाम्रो नीति हो भनेर भनिएको थियो । त्यसका लागि अस्थिरताका सांवाहक शक्ति नेपालमा छन् । सबैभन्दा चर्को गरी चल्ने प्रचण्ड एन्ड माकुने एन्ड कम्पनी । संवाहक तत्वहरू यिनैहरू हुन् ।’

अब दाहाल र नेपालसँग एकीकरण सम्भवना नभएको पनि ठोकुवा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने–‘हामीले राम्रोसँग चिनेका छौं उनीहरूको कहाँबाट स्वीच अन अफ हुन्छ हामीले छर्लाङै देखेका छौं । महान जनयुद्ध भनेर भनियो । हतियार कहाँबाट ल्याइयो । त्यो खोजिएन ।’

माओवादी केन्द्रको तत्कालीन सशस्त्र युद्धबारे उनले त्यसलाई ‘जनयुद्ध’ नभएर ‘अस्थिरता’ भएको टिप्पणी गरेका थिए । त्यसलाई उनले अस्तव्यस्त बनाउने विधिको रुपमा पनि अर्थ्याएका थिए ।

कार्यक्रममा उनले नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेको हालै प्रकाशित पुस्तकलाई लक्षित गर्दै विदेशी शक्तिले एमालेको विषयमा गलत प्रचार गरेको जिकिर गरेका थिए ।

बार्गेनिङका लागि प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु गरेको दाबीसमेत ओलीले गरे । प्रचण्ड एक ‘मामुली कर्मचारी’ भएको भन्दै उनले धोकापूर्ण ढंगले उनी महान नेताको रुपमा प्रस्तुत भएको समेत बताए ।

उनले भने–‘नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैनथ्यो किनभने त्यो सफल गर्न सुरु गरेकै होइन । त्यो त बार्गेनिङको लागि लगाम आफ्नो हातमा राख्ने विधि हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077