Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कन्याममा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

इलाम । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए ।

घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी माइजोगमाई–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रनिश गिरीले जानकारी दिए ।

चालकलाई सामान्य चोट लागेको छ । अन्य घाइतेको नामथर खुलेको छैन । अन्यको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077