Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखरलाई पौडेलले दिए जीतको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले जितको शुभकामना दिएका छन्। तर पौडेल आफैं भने मतदान प्रक्रियामा सहभागी नहुने भएका छन्।

आज विहान मतदान सुरु हुनुअघि शेखरसहितका नेताहरु पौडेल निवास बोहोराटार पुगेका थिए। भेटमा उनले नेतृत्व परिवर्तनको आवश्यकता रहेको हुनाले शेखरलाई जितको शुभकामना दिएका छन्।

महाधिवेशन अन्तर्गतको नेतृत्व चयन प्रक्रियाबाट बाहिर रहने निर्णय गरेका पौडेलले मतदान पनि नगर्ने बताएका छन्। तर उनले पछिल्ला केहि दिनदेखि फैलाइएको अफवाहको पछि नलाग्न आग्रह गरेका हुन्।

पौडेलले सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई आफ्नो समर्थन रहेको कुराको खण्डन पनि गरेका छन्। पौडेलपुत्र चिन्तन पौडेलले आफ्नो भनाई राखेर सञ्चारमाध्यमका आएका समाचारहरु अफवाह भएको र त्यसलाई विश्वास नगर्न भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077