Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीसँग रिसाए महेश बस्नेत, भने– झरीबादल नभनी काम गर्ने छोरालाई माया गरेनन्

काठमाडौं । नेकपा एमालेमा स्थायी कमिटी तथा पोलिटब्यूरो सदस्यको चयनपछि पार्टीभित्र असन्तुष्टि बढेको छ। ती सदस्यहरु छान्नका लागि अध्यक्ष केपी शर्मा ओलीले मनपरी गरेको भन्दै उनीनिकट नेताहरु नै रुष्ट बनेका छन्।

लामो समयदेखि ओलीको खास व्यक्तिका रुपमा देखिएका महेश बस्नेतलाई ओलीले पछिल्लो समय उपेक्षा गरिरहेका छन्। चितवनमा भएको महाधिवेशनमा ओलीको लिस्ट नअटेका बस्नेत हाल पोलिटब्यूरो समस्यमा पनि अटाएनन्।

आफूले कठिन परिस्थितिमा एमालेको संगठन बिस्तारका लागि काम गरेको भए पनि पोलिटब्यूरो सदस्य नबनाइएकोमा उनले ओलीलाई लक्षित गरी कटाक्षा गरेका छन्।
उनले सामाजि सञ्जालबाट आफ्नो रुष्टता प्रकट गरेका छन्।

एउटा सानो कथाजस्तो स्टाटस लेख्दै बस्नेतले बाबुआमाले दिनरात नभनी, झरीबादल नभनी काम गर्ने माइलो छोरालाई माया नगरेको र माया गरेको नाटक मात्र गर्दै आएका जेठा र कान्छा छोरालाई बढी महत्व दिएको सन्देश दिए। एमालेको संगठन निर्माणमा आफूले गरेको योगदानको मूल्यांकन नगरेकोमा सांकेतिक विरोध पनि गरेका छन्।

बस्नेत नअटाएको पोलिटब्यूरो सदस्यमा ७० करोड रुपैयाँ घुस काण्डमा मुछिएका पूर्वममन्त्री गोकुलप्रसाद बास्कोटासँगै गुलाबजंग शाह, कृष्ण राई, इश्वरी रिजाल, जीतबहादुर गौतम, खिमलाल भट्टराई, कमल चौलागाई भने अटाए।

रातदिन पार्टी काममा लगाउने तर जिम्मेवारी दिने बेलामा भने न्याय नगरेकोमा उनले असन्तुष्टि पोखेका हुन्।

यस्तो छ बस्नेतको व्यंग्यात्मक कथाः

‘एकजना प्रतिष्ठित ब्यक्तिका ३ छोराहरुमा जेठा र कान्छा, अग्ला र गोरा रहेछन् भने माइला होचा र कालो रहेछन्। जेठा र कान्छा छोराहरु भने बाआमा र घरको माया गर्ने भन्दा पनि माया गरेको नाटक गर्दा रहेछन्।

माइलो छोरो दिनरात नभनी झरी बादल नभनी बा आमा र घर परिवारको सेवा गर्र्दोहेछ । तर बाले माइलो छोरालाई खास माया गर्दारहेनछन् उनको मनमा यी २ भन्दा रुप रङमा यो फरक छ । यो मेरो छोरा होइन कि भन्ने आशंका रहेछ । उनको मनमा त्यो बिचारले डेरा जमाएका कारण माइला छोरालाई काममा चाहिँ जोत्ने तर खास वास्ता र माया नगर्ने रहेछन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077