Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डले नेताहरु चोरै हो त भनेर सोध्दा कांग्रेसी कार्यकर्ताले हो–हो भनेपछि...

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट शुरु भयो। उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेतालाई जनताले चोरका रुपमा बुझ्ने आशय व्यक्त गरे।

लिङ्देनको उक्त अभिव्यक्तिपछि मञ्चमा आसिन् नेताहरुले असहज महसुस गरे। आफ्नो बोल्ने पालो आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसी कार्यकर्तालाई नेताहरु चोर नै हुत् त भनी प्रश्न गरे।

प्रचण्ड त्यसको उत्तर ‘होइन वा होइनन्’ को अपेक्षा गरिरहेका थिए। तर त्यहाँ उपस्थितहरुले गुञ्जयमान स्वरमा ‘हो–हो’ भनिदिए। थोरै अनुहार खुम्चाउँदै प्रचण्डले हातले इशारा गर्दै ‘होइन त्यो गलत हो’ भने।

त्यसपछि कार्यक्रममा सहभागीहरुले पुनः चिच्याउँदै ‘हो–हो’ भने। पछि प्रचण्डले लिङ्देनतिर लक्षित हुँदै कडा व्यंग्यहरु प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077