काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सफलताको शुभकामना दिँदै अध्यक्ष यादवले संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नुपर्ने बताए । उनले अब जनताको माग सम्बोधन गर्न ढिलो गर्न नहुने बताए ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत भारतीय नेताहरुको उपस्थिति रहेको छ।
त्यस्तै कांग्रेस महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललगायतका नेता पनि सहभागी भएका छन् ।
कांग्रेस महाधिवेशनमा सहभागी हुन भारतबाट भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र हरीश द्विवेदी, भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिक तथा बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधीन्द्र भदौरिया पनि आएका छन् ।