Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अख्तियारका प्रमुख आयुक्त राई भ्रष्टाचारविरुद्धको सम्मेलनका लागि इजिप्ट जाँदै

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई आज (शुक्रवार) विदेश भ्रमणमा जाँदै छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयुक्त राई भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन–२०२१ मा सहभागी हुन इजिप्ट जान लागेका हुन् ।

शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गर्ना लागेका प्रमुख आयुक्त राईसंगै अख्तियारका सचिव तोयम राया पनि जाँदै छन्।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन आगामी सोमबारबाट शुरु हुँदैछ ।

सम्मेलनमा विश्वभरबाट भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखहरु सहभागी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077