Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महाधिवेशनबारे गोकुल बाँस्कोटाको ट्वीट- भृकुटीमण्डपमा पनि ओलीवेशन नै हुने भो !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले भोलिदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको नेपाली कांग्रेसको महाधिवेशनबारे खरो टिप्पणी गरेका छन्।

बिहीबार नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् कांग्रेसको महाधिवेशनबारे खरो टिप्पणी गरेका हुन् । उनले केही दिनअघि सम्पन्न आफ्नो पार्टीको महाधिवेशनलाई लिएर कांग्रेस नेताहरुले गरेको टिप्पणीलाई जवाफ दिँदै भृकुटीमण्डप पनि ओलीवेशनमय भएको उल्लेख गरे ।

एमाले महाधिवेशनका बेला कांग्रेस नेता गगन थापाले चितवनमा ओलीवेशन चलिरहेको छ, हाम्रो त अधिवेशन हुन्छ भन्ने तर्क प्रस्तुत गरेका थिए । नेता बाँस्कोटाले थापालाई जवाफ दिँदै यस्तो टिप्पणी गरेको बुझिएको छ।

[insert page='99976' display='yopanipadhnuhos.php']

बाँस्कोटाले ट्वीटरमा लेखेका छन्, 'तीनदिन यता कांग्रेस नेताहरुको अन्तरवार्ता र भाषण खुब सुने । कांग्रेसमा पौडल र देउवा दुबै पक्षको उम्मेदवारी ओली पदचाप छेक्नका लागि रे !' उनले थपेका छन्,  'एमालेको दशौ महाधिवेशन चल्दै गर्दा चितवनमा ओलीवेशन चल्दै छ भन्ने साथीलाई झल्झली सम्झदै भन्न मन लाग्यो-आखिर, भृकुटीमण्डप पनि ओलीवेशनमय नै त हुने भएछ ।'

[insert page='100182' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077