Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बत्तीसपुतली बैठकले साझा उम्मेदवार तय गर्न सकेन, अब चाक्सीबारीमा दिउँसो ३ बजे फाइनल छलफल हुने

काठमाडौं । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको कांग्रेस संस्थापन इतर समूहको छलफलले सभापतिको साझा उम्मेदवार तय गर्न सकेन ।

बुधबार बिहानदेखि दिउँसो १ बजेसम्म भएको छलफलमा पौडेल समूहका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले एउटै उम्मेदवार तय गर्न र नेताहरूलाई मिलेर जान सुझाव दिएका थिए ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला उपस्थित थिए भने प्रकाशमान सिंह र शेखर कोइराला सहभागी थिएनन् । नेता पौडेल बैठकलाई बीचमै छाडेर पार्टीका अर्का नेता कृष्ण प्रसाद सिटौलालाई भेट्न उनको निवासमै पुगेका थिए।

पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न सिटौलासंग आग्रह गरेको सिटौलानिकट स्रोतले जानकारी दिएको छ।

बत्तीसपुतली बैठकपछि अब चाक्सीबारीस्थित सिंहको निवासमा दिउँसो पौडेल, सिंह, शशांक र शेखरबीच छलफल हुने भएको छ । सो छलफललाई फाइनल भनिएको छ। यदि प्रकाशमान र शेखर नमिलेमा पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गर्ने सहभागी नेताहरुको भनाइ छ।

पछिल्लो समय इतर समूहका अन्या नेताहरुले प्रमुख शीर्ष चार नेताहरुलाई सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै आएका छन्। महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077