Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लड्नुको सट्टा मिलेर अघि बढ्न भारतलाई चीनको आह्वान

एजेन्सी । विभिन्न विषयलाई लिएर भारत र चीनबीच तनाव बढिरहेका बेला सम्बन्ध सुधारका लागि प्रयास हुन थालेको छ।

हालै चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले समझदारीका लागि भारतलाई आह्वान गरेका छन्।

चीनका लागि निवर्तमान भारतीय राजदूत विक्रम मिश्रीसँग भिडियो लिङ्कमार्फत् संवाद गर्दै उनले दुई देशबीच आपसी समझदारीलाई अझ गहिरो बनाउन आवश्यक रहेको बताएका छन्। वाङले सम्बन्ध विकास गर्दा चीन र भारतले एकअर्कालाई गलत अनुमान गर्नुको सट्टा आपसी समझदारी अभिवृद्धि गर्नुपर्नाम जोड दिए।

उनले भने, ‘विशेष घटनामा चिन्ता लिनुको सट्टा दीर्घकालीन दृष्टिकोण राख्नुपर्छ र एकअर्कालाई कमजोर बनाउनुको सट्टा एकअर्कालाई सफल बनाउन मद्दत गर्नुपर्छ रविकासोन्मुख देशहरूको साझा हितका प्रमुख मुद्दाहरूमा दुवै पक्ष एकसाथ उभिन सक्छन् र उभिनुपर्छ।’

विक्रम मिश्रीले पनि सम्बन्ध सुधारेर अघि बढ्नुमा नै दुबै देशको भलाई हुने बताए। उनले आफ्नो तर्फबाट भारत–चीन सम्बन्ध सुधारमा सकेको प्रयास जारी राख्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077